शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

काठमाडौं । पुस २१, दाङको तुलसीपुर क्षेत्रमा केही दिनदेखि फेरि कोरोना संक्रमित बढेका छन्।
पछिल्ला तीन दिनमा २५ संक्रमित फेला परेका हुन्। मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट बिधिबाट परीक्षण गर्दा तुलसीपुर उपमहानगर ८ को आश्वारा माबिका थप ११ जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार यस विद्यालयका विद्यार्थी र शिक्षक गरी ८ जनामा संक्रमण देखिएको थियो।
मंगलबार १०६ जनामा एन्टिजेन्ट परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको हो।