सँगै बस्दै आएका युवक–युवती कोठामै मृत अवस्थामा फेला

सहयात्रा टिभी

काठमाडौं । पुस २३, काठमाडौं महानगरपालिका–६, बौद्ध फैकामा सँगै बस्दै आएका युवक–युवती कोठामै मृत अवस्थामा फेला परेका छन् । गए राति उनीहरू कोठामै मृत अवस्थामा फेला परेका हुन् ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसुना राई मृत अवस्थामा फेला परेका छन् ।

युसुनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको उनले जानकारी दिए । अनिसले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनलाइनबाट खेलिने पब्जी खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेका थिए । २०-२२ दिन मात्र ‘लिभिङ टुगेदर’मा बसेको पाइएको एसपी मैनालीले जानकारी दिए । उनीहरू प्रेमी–प्रेमिकाको रूपमा बसेको हुन सक्ने अनुमान छ ।

उनले भने, “युवतीको हत्यापछि युवकले आत्महत्या गरेको जस्तो देखिन्छ । शव पोस्टमार्टमका लागि पठाएका छौँ । अनुसन्धान जारी छ । तर, पब्जी खेलकै कारण एकार्कालाई हान, ठोकलगायत आवाज सुनिएको पाइएको छ । पब्जीकै कारण घटना भएको हो कि भन्ने छ ।”

 

प्रकाशित : 7 January, 2022

प्रतिक्रिया दिनुहोस्