कोरोना जोखिमका कारण देउवाले गरे भेटघाट बन्द

सहयात्रा टिभी

काठमाडौं । पुस २५, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत कोरोना जोखिमका कारण भेटघाट बन्द गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोराना संक्रमण पुष्टी भएपछि प्रधानमन्त्री देउवा समेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

कोरोनाको लक्षण केही नदेखिए पनि उच्च सर्तकता अपनाउँदै प्रधानमन्त्री देउवाले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले अन्नपूर्णलाई जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत कोरोना संक्रमणको जोखिमका कारण आइसोलेसनमा बसेका छन्।

प्रकाशित : 9 January, 2022

प्रतिक्रिया दिनुहोस्