नारायणीमा नुहाउन जाँदा डुबेका पुरुषको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुस २५, गैंडाकोटस्थित नारायणी नदीमा नुहाउन जाँदा डुबेर घाइते भएकाको उपचारका क्रममा भएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट–४ का ७० वर्षीय मोहनलाल श्रेष्ठ राधाकृष्ण मन्दिर नजिक नुहाउँदै गर्दा चिप्लिएर नदीमा डुबेका थिए ।

उनको उद्धार गरेर नयाँ मेडिकल कलेज चितवनमा लगिएकोमा उपचारको क्रममा शनिबार राति निधन भएको प्रहरीले जनायो । नारायणीमा नुहाउन उनी एक्लै गएका थिए । नदी किनारका मन्दिरमा स्नान गर्ने घाट सुरक्षित छैनन् । त्यहाँ छेकबार नभएका कारण नारायणीमा चिप्लिने र ज्यान जाने खतरा रहेको छ ।

प्रकाशित : 9 January, 2022

प्रतिक्रिया दिनुहोस्