खोप केन्द्र बढाउन माग

सहयात्रा टिभी

काठमाडौं । पुस २८, कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा सर्वसाधारणको चाप बढेको छ ।

बाक्लो जनसंख्या भएको काठमाडौं, ललितपुर र भक्तपुरमा २४ वटा मात्रै खोप केन्द्र छन् । केन्द्र बढाएर खोप लगाउने व्यवस्था सहज बनाउन स्वास्थ्य मन्त्रालयले बेवास्ता गरेको छ ।

यसबाट खोप लगाउन जाने व्यक्तिले सास्ती त पाएका छन् नै, भीडबाट संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ ।

बानेश्वरस्थित सिभिल अस्पतालको मूल गेटबाट थोरै अगाडि दुई वटा खोप बुथ छन् । बुथबाट अस्पतालको पार्किङसम्मै कोभिडविरुद्धको खोप लगाउनेको लामो लाइन देखिन्छ ।

प्रकाशित : 12 January, 2022

प्रतिक्रिया दिनुहोस्