चपली हाइट ३ र जापानी फिल्मको एड्भान्स बुकिङ

सहयात्रा टिभी

काठमाडौं । पुस २९, कोरोनाभाइरसको तेस्रो लहरको जोखिम बीच रिलिज हुन लागेका दुई फिल्म ‘चपली हाइट ३’ र जापानी फिल्म ‘माइ हिरो अकाडेमिया’को एड्भान्स बुकिङ आज बिहानदेखि खुलेको छ ।

 

क्यूएफएक्ससहितका मल्टिप्लेक्समा दुबै फिल्मले राम्रो सोज प्राप्त गरेपनि प्रि(बुकिङको ट्रेन्ड भने न्यून छ ।

गतसाता २४ वटा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि ह्वात्तै बढेको कोरोना संक्रमणको असर नेपाली बक्सअफिसमा स्पष्ट देखिएको छ । सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउन र माघ ७ गतेदेखि खोप कार्ड देखाएर मात्र हल छिर्न अनुमति दिएको छ ।

प्रकाशित : 13 January, 2022

प्रतिक्रिया दिनुहोस्