गोदावरी नगरद्वारा महिलालाई गिट्टि कुट्ने सामग्री वितरण

काठमाडौं । पुस ३०,खुटिया नदी किनारमा गिट्टि कुटेर जिविकोपार्जन गर्ने अति विपन्न व्यक्तिहरुलाई गिट्टि कुट्ने सामग्री वितरण गरिएको छ।
कैलालीको गोदावरी नगरपालिकाको महिला शाखाले बिहिबार एक कार्यक्रमको आयोजना गरी वडा नं ८ र ९ का गिट्टि कुटेर जिवन निर्वाह गर्ने ३१ जनालाई सहज सामग्री वितरण गरेको हो।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उनले गिट्टि कुट्ने महिलाहरुलाई कृषि कार्यमा उन्मुख गराई स्वरोजगार बनाउन सामग्री सहयोग गरेको बताए।
गिट्टि कुट्ने काम मात्र नभई केही नयाँ व्यावसायीक ईलमहरु गर्न उनले महिलाहरुलाई आग्रह पनि गरे।
गिट्टि कुट्नमा गरिने मेहनत कृषि कार्यमा गरे दोब्बर प्रतिफल प्राप्त हुन सक्ने बताउदै उनले गिट्टि कुट्नु भन्दा आय आयआर्जन मुलक कार्य गर्दा भविष्यलाई पनि राम्रो हुने उनले बताए। नगरपालिकाले चालु आर्थिक वर्षमा ३१ जनालाई गिट्टि कुट्ने सामग्री वितरण गरेको छ।
नगरपालिकाकी महिला शाखा प्रमुख गोदावरी धामीले गिट्टि कुट्ने महिलाहरुलाई आयआर्जनमा सहजता होस भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताईन।
चालु आर्थिक वर्षमा अति विपन्न गिट्टि कुट्ने महिलाहरुलाई आयआर्जन सचेतना तथा सामग्री वितरण शिर्षकमा छुट्याईएको ३ लाख बजेटबाट नगरपालिकाले सामग्री वितरण गरेको हो।
नगरपालिकाले वितरण गरेको सामग्रीहरुमा हथौडा, चस्मा, बेल्चा, फरुवा, कुटो, छाता, टिफिन डब्बा, पञ्जा, जाली, प्लाष्टिक बाटा, प्लाष्टिक पिर्का, सेनिटाईजर र मास्क रहेका थिए।