भारतका वरिष्ठ पत्रकार कमाल खानको निधन

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, रामनाथ गोएनका देखि गणेश शंकर विद्यार्थी सम्मान पाउने वरिष्ठ पत्रकार कमाल खानको लखनउमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ ।

टिभी न्यूजको दुनियाँमा लामो समयदेखि काम गरिरहेका कमाल खान आफ्नो उत्कृष्ट रिपोर्टिङ र टिभी रिपोर्टका लागि परिचित थिए ।

लगभग २२ वर्षको अनुभवसहित कमाल खान पछिल्लो समयदेखि लखनउमा बस्दै एनडीटिभीका लागि रिपोर्टिङ गरिरहेका थिए ।

हालै अयोध्या जमिन विवाददेखि उत्तर प्रदेश चुनावसँग जोडिएका उनका विभिन्न खबर चर्चाको विषय बनेको थियो ।

केही घण्टा अघि मात्रै कमाल खानको एउटा भिडियो रिपोर्ट एनडीटिभीमा प्रकाशित भएको छ जसमा उनी उत्तर प्रदेश सरकारका मन्त्रीको राजीनामाको राजनीतिक महत्वबारे जानकारी दिइरहेका थिए ।

प्रकाशित : 14 January, 2022

प्रतिक्रिया दिनुहोस्