माघे संक्रान्तिको महत्व

काठमाडौं । पुस ३०, चाकु घिउँ र लड्डुको पर्व माघे संक्रान्ति मधेशमा भने मैथिल र थारु समुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् ।
थारु समूदायमा आजको दिन येले दुगंका रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ । आजकै दिन किराँत वंशले काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किराँत संवत शुरुभएको मानिन्छ ।
आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।
नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् ।