‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

काठमाडौं । पुस ३०, अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ।
शुक्रबार फिल्मको प्रदर्शन मितिसहित टिजर सार्वजनिक गरिएको हो। टिजरमा मुख्य कलाकार अनमोल र सुहानालाई देखाइएको छ। जहाँ केही प्रेमिल तथा केही वियोगका दृश्य देखाइएको छ।
सुनील कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको फिल्म आगामी बैशाख १ देखि प्रदर्शनमा आउने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ व्यावसायिक रुपमा सफल भएको थियो। ए मेरो हजुर ३ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले मन पराएपछि ए मेरो हजुर ४ मा पनि सोही जोडीलाई निरन्तरता दिइएको हो।
दुई दशकअघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको ए मेरो हजुरु व्यावसायिक रुपमा सफल भएको थियो। त्यसपछि सोही नाम सापटी लिएर झरनाले ए मेरो हजुरको सिक्वेल बनाएकी हुन्।
ए मेरो हजुर ४ प्रदर्शन हुने मितिमै दुई वटा बहुप्रतीक्षित भारतीय फिल्म केजिएफ च्याप्टर २ु र लाल सिंह चड्ढाु पनि प्रदर्शनमा आउँदै छन्।