जापानी गीतको भिडियोमा नम्रता ?

काठमाडौं । माघ ५, नायिका नम्रता सापकोटाले जापनिज गीतमा अभिनय गरेकी छिन्।
नेपालमा जन्मिएर जापानको राजधानी टोकियोमा हुर्किएका गायक बज्र गुरुङ यमदा एकिहिकोको शब्द, संगीत तथा स्वर रहेको आइताकु नारु बोलको गीतको भिडियोमा नम्रताले अभिनय गरेकी हुन्।
गीतमा रत्नशोभा महर्जन, दीपा मर्हजन, तथा रानीशोभा महर्जनको कोरस स्वर रहेको छ। कलाको भाषा हुँदैन। जुन भाषाको गीत भए पनि अभिनेत्रीको रूपमा मैले गर्ने भनेको अभिनय नै हो। त्यसकारण भाषा नबुझे पनि काम गर्न एकदमै राम्रो महसुस भयो’ गीतको भिडियोमा जापानी भेषभूषामा देखिएकी नम्रता भन्छिन् ‘गीतको भाव र मेलोडीले गर्दा काम गर्न आकर्षित भएँ ।
यो गीत नेपालमा मात्र होइन जापानमा पनि रिलिज हुनेछ। जापानी गीतमा अभिनय गर्नु मेरो लागि राम्रो अपच्र्युनिटी हो।’
गीत भिडियोमा नम्रताका साथमा बज्र तथा विकेश तण्डुकारको अभिनय रहेको छ। अमृत सुनुवारको निर्देशन तथा छायांकन रहेको गीतको भिडयो माधव बेलवासेले सम्पादन गरेका छन्।