भक्तपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

सहयात्रा टिभी

काठमाडौं । माघ ६, जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।

कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रूद्रादेवी शर्माले जानकारी दिइन्।

कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नुपरेकाले प्रशासनले यस्तो निर्णय गरेको हो।

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्