दुई युवती माथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ

सहयात्रा टिभी

बुटवल । माघ ९, दुई युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका( १३ को पिपरा बस्ने २० वर्षीय गणेश यादव र सोही ठाउँकै २६ वर्षीय सुवास यादवलाई पक्राउ गरिएको हो।

उनीहरुमाथि २२ वर्षिया र १९ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ।

दुई युवतीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्दार गरेको थियो।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 23 January, 2022

प्रतिक्रिया दिनुहोस्