रोकियो खोप अभियान

काठमाडौं । माघ ९, कपिलवस्तुमा सक्रिय संक्रमितको संख्या बढिरहेका बेला खोप अभियान रोकिएको छ । कहीं सिरिन्ज त कहीं खोप अभाव हुँदा जिल्लाका सातवटै स्थानीय तहमा दोस्रो चरणको खोप अभियान शनिबारदेखि रोकिएको हो ।
कृष्णनगर, शिवराज र महाराजगन्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा एक दिनमै अभियान रोकिएको छ । त्यहाँ शुक्रबार देखि कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको थियो ।
‘दुई महिनाअघि ३८ हजार ४ सयलाई पहिलो मात्रा खोप दिइएको थियो,’ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन , ‘उनीहरूलाई लक्षित गरी खोप लगाउन थालेकामा प्रदेशले दिएको ३ हजार र जिल्लाबाट जम्मा गरिएको ५ हजार गरी ८ हजार डोज खोप पठाएकामा पहिलो दिनमै सकियो ।
अहिले प्रदेशले खोप मौज्दात नरहेको भनेपछि खोप लगाउन रोक्नु परेको उनले बताए । तेस्रो लहरको संक्रमण बढ्दै जाँदा स्थानीयमा पनि खोपप्रति सचेतना बढ्दै गएको छ । तर, एक दिनमै खोप अभियान रोक्नु पर्दा स्थानीयले रोष प्रकट गरिरहेको महाराजगन्ज नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राधेश्याम जयसवालले बताए ।