चेल्सीले टोटनहमलाई हरायो

काठमाडौं । माघ १०, प्रिमियर लिग अन्तर्गत लण्डन डर्बीमा चेल्सीले टोटनहम हट्सपरलाई २.० ले पराजित गरेको छ ।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४७ औं मिनेटमा हाकिम जियाचले कलुम हड्सन ओडोईको पासमा चेल्सीका लागि पहिलो गोल गरेका थिए ।
यस्तै थियागो शिल्भाले माउन माउन्टको पासमा ५५औं मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफमा टोटनहमका ह्यारी केनले गोल गरेपनि उनले चेल्सीका शिल्भालाई पुस गरेको भन्दै त्यस गोलले मान्यता पाएन ।
जितपछि चेल्सी २४ खेलबाट ४७ अंक जोड्दै तेस्रो स्थानमै छ । यस्तै आइतबार राति नै भएको खेलमा दोस्रो स्थानको लिभरपुलले क्रिस्टल प्यालेसलाई ३(१ ले पराजित गरेको छ । लिभरपुलका लागि भर्जिल भान डाइकले आठौं, एलेक्स चेम्बरलेइनले ३२औं र फमबिन्होले ८९औं मिनेटमा गोल गरे ।
जितपछि लिभरपुल २२ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमै छ । प्रिमियर लिगकै अन्य खेलमा आर्सनलले बर्नलीसँग गोलरहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १(१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।