तपाईको खोप कार्ड खोई ?

सहयात्रा टिभी

काठमाडौं । माघ ११, प्रहरीले सवारी चेकजाँचका क्रममा कोरोनाविरूद्धको खोप लगाएको कार्ड पनि चेकजाँच गर्न थालेको छ ।

सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनसमेत कोरोना खोप कार्ड अनिवार्य गरेपछि प्रहरीले सवारी चेकजाँचका क्रममा खोप कार्ड पनि खोज्न थालेको हो ।

उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली लागू भएपछि प्रहरीले सवारी चालकको परिचयपत्र पनि चेकजाँच गर्न थालेको छ ।

प्रकाशित : 25 January, 2022

प्रतिक्रिया दिनुहोस्