फेरि रोकियो बाहुबली

सहयात्रा टिभी

काठमाडौं । माघ ११, ‘बाहुबली’का दुई शृंखलामा बक्स अफिसमा पैसा बर्साएपछि निर्देशक एसएस राजामौली र नेट्फ्लिक्सले यो फिल्मको प्रिक्वेल बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म नभई सिरिज थियो । हैदराबादमा भव्य सेट लगाएर यो सिरिजको सुटिङ पनि गरिएको थियो ।

 

तर १ अर्ब भारतीय रुपैयाँ खर्च गरेर बनेको यो सिरिज नेटफ्लिक्सलाई मन परेन ।

निर्देशक फेरेर सुटिङ गर्ने भनेर नेटफ्लिक्सले थप ५० करोड लगानी पनि गर्यो । ‘बाहुबली’की आमा शिवगामिनीको कथा प्रस्तुत गर्ने गरी देव कट्टाको निर्देशनमा यसको धेरै भाग सुटिङ भए ।

तर पछि उनले गरेको काम चित्त नबुझाए पछि रिभुदास गुप्ता र कुनाल देशमुखलाई निर्देशक लिएर नेटफ्लिक्सले पुनः निर्माण सुरु गरेका खबर आएका थिए । तर तत्कालका लागि नेटफ्लिक्सले यो सिरिज थाँती राखेको खबर छ ।

‘बाहुबली’ दर्शकमाझ आइकोनिक फिल्मको रुपमा दर्ज रहेकाले सिरिजले पनि यो अपेक्षा पूरा गर्नुपर्ने तर अहिलेको तयारीले त्यो प्राप्त गर्न असम्भव भएकाले निर्माण टिमले यसलाई रोक्नमै कल्याण देखेको हो ।

‘बाहुबली’का दुवै भागले विश्वभरबाट १६ सय करोड हाराहारी कमाइ गरेका थिए ।

प्रकाशित : 25 January, 2022

प्रतिक्रिया दिनुहोस्