कोरोना संक्रमित ओलीको अवस्था सामान्य

काठमाडौं । माघ ११, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जनकारी दिएको छ ।
४ दिनअघि संक्रमण पुष्टि भएका उनको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेको छ ।