राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू

सहयात्रा टिभी

 धनगढी । माघ १२, राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी, मधेश लगायतका प्रदेशहरूमा मतदान जारी छ ।

सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।

मधेश प्रदेशको मतदान स्थल सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ ।

यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् ।

प्रकाशित : 26 January, 2022

प्रतिक्रिया दिनुहोस्