१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

सहयात्रा टिभी

काठमाडौं । माघ १२, नेपालमा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ। उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ।

प्रकाशित : 26 January, 2022

प्रतिक्रिया दिनुहोस्