हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं । माघ १२, झापाको दमक नगरपालिका(३ रनधौज चोकस्थित हुम्सेदुम्से सामुदायिक वनबाट आएको हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ ।
सोमबारराति सामुदायिक वनबाट निस्केको हात्तिको आक्रमणमा परी दमक नगरपालिका ३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।