एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन
सहयात्रा टिभी
काठमाडौं । माघ १२,एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १०५७.६ कायम गरिएको छ ।
समायोजन गरिएको मूल्यबाट आजैदेखि कारोबार शुरु भएको नेप्सेले जनाएको छ ।