गाउँगाउँमा माटो परीक्षण हुँदा किसान उत्साहित

काठमाडौं । माघ १३, उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूपमा अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ ।
शिविरमा आलु खेतीका लागि किसानले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् । गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेको छ ।
उदयपुरगढी गाउँपालिका–४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएको हो । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।