संसारकै सबैभन्दा अग्लो साइकल

सहयात्रा टिभी

काठमाडौं । माघ १६, संसारमा धेरै वैज्ञानिकहरू आश्चर्यजनक आविष्कारका लागि परिचित छन् ।

कतिपयले आफ्नो दिमाग लगाएर यस्तो अनौठो काम गर्छन्, जसबाट विश्व कीर्तिमान बनाइन्छ ।

पोल्यान्डका ‘एडम डानोविज’ नामक एक व्यक्तिले यस्तै एउटा काम गरेका छन् । यी व्यक्तिले आफ्नो सीप र जुगाडले यस्तो उपलब्धि हासिल गरेका हुन् । उनको आश्चर्यजनक कामका कारण गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता भएको छ ।

पोल्यान्डका डानोविजले संसारकै सबैभन्दा अग्लो साइकल बनाएका छन् । जुन साइकलको उचाइ २४ फिट ३.७३ इन्च अर्थात् ७.४१ मिटर रहेको छ ।

एडम डानोविजको यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले आफ्नो आधिकारिक इन्स्टाग्राममा उनको भिडियो समेत सेयर गरेको छ ।

 

प्रकाशित : 30 January, 2022

प्रतिक्रिया दिनुहोस्