थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या ११ हजार ७५२ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । माघ १८, नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज ८ हजार २६७ जना डिस्चार्ज भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन् ।

 

प्रकाशित : 1 February, 2022

प्रतिक्रिया दिनुहोस्