सरस्वती पूजाका लागि माटोका मूर्ति बनाउन व्यस्त

काठमाडौं । माघ १९, मधेस प्रदेश अर्थात मिथिलाञ्चलमा यसवर्ष माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा वसन्त पञ्चमी दुई दिन मनाइने भएको छ ।
प्रदेशमा शनिबार र आइतबार वसन्त पञ्चमी मनाउन लागिएको हो । सोही सिलसिलामा सरस्वती पूजालाई मध्यनजर गर्दै अहिले कुम्हाल समुदाय मूर्ति बनाउनमा निकै व्यस्त देखिन्छ ।
सो समुदायका सदस्यहरु मूर्ति बनाउनका लागि करिब दुई सातादेखि व्यस्त देखिन्छन् ।
जनकपुरधाम उपमहानगरका करिब १८ स्थानमा मूर्तिकारहरु दिनरात मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरधामको शुक्रबारी हटिया, विद्यापति चोक, क्याम्पस चोकलगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरु काममा व्यस्त छन् ।