अस्ट्रेलियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २०, अस्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ।

पछिल्लो २४ घण्टामा ४० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भएको जनाइएको छ।

राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो।

तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ।

प्रकाशित : 3 February, 2022

प्रतिक्रिया दिनुहोस्