एमसीसी पास गर्न देउवा निकट नेता लेखक अमेरिका जाँदै

सहयात्रा टिभी

काठमाडौं । माघ २१, नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जाने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका उनी आज राति ८ बजे अमेरिका प्रस्थान गर्ने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यहि २६ माघमा एमसीसी संसदमा टेबुल गर्ने तयारी गरिरहेका बेला नेता लेखक अमेरिका जान लागेका हुन् । एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित : 4 February, 2022

प्रतिक्रिया दिनुहोस्