जाजरकोटमा तीन फिटसम्म हिँउ

सहयात्रा टिभी

काठमाडौं । माघ २१, जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भू(भागमा पुनः हिमपात भएको छ ।

पटकपटकको हिमपात र वर्षात्ले स्थानीय हैरान भएका छन् । हिमपातले चिसो बढाएको छ ।

हिमपातसँगै जनजीवन कष्टकर भएको छ । मंसिर पुसमा हिउँ परे हिउँदेबाली र फलफूल खेती सप्रने गर्दछ । तर पटक( पटक र बाली ठूलो भइसकेपछि परेको हिउँले बालीलाई झन् असर गर्ने किसानको भनाइ छ ।

‘हिउँ परेको बेला निकै चिसो हुन्छ । घर बाहिरै निस्कन गाह्रो हुन्छ । केटाकेटी र बुढाबुढी चिसोले बिरामी समेत हुन्छन् तर पनि हिउँ पनै पर्छ,ु कुशे ५ पाँचकाटियाका कर्णबहादुर थापाले भने, ‘हामी बाक्लो हिउँ परेपछि खुसी हुन्छौं । किनभने हिउँपरेको वर्ष भोकमरी हुँदैन ।’

प्रकाशित : 4 February, 2022

प्रतिक्रिया दिनुहोस्