क्यानले सार्वजनिक गर्‍यो साधारणसभाको एजेन्डा

सहयात्रा टिभी

काठमाडौं । माघ २२, नेपाल क्रिकेट संघ ९क्यान० ले आगामी फागुनमा हुने वार्षिक साधारणसभाको लागि सार्वजनिक सूचना जारी गर्दै एजेन्डाहरू सार्वजनिक गरेको छ ।

यही माघ १२ गते भैरहवामा बसेको क्यान बोर्ड बैठकले वार्षिक साधारणसभा फागुन दोस्रो साता धनगढीमा गर्ने निर्णय गरेको थियो । क्यानले शुक्रबार जारी गरेको सार्वजनिक सूचना अनुसार आगामी वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीको रुबस होटलमा हुनेछ ।

 

प्रकाशित : 5 February, 2022

प्रतिक्रिया दिनुहोस्