संघीयता सिक्दैमा बित्यो लुम्बिनी प्रदेशसभाको चार वर्ष

सहयात्रा टिभी

काठमाडौं । माघ २२, लुम्बिनी प्रदेशसभाले स्थापनाको चार वर्ष पूरा गरेको छ।

मुलुक संघीयतामा गएपछि प्रदेश संरचनालाई अर्थपूर्ण रुपमा हेरिएको थियो। प्रदेशको जग बसाल्ने काम प्रदेशसभाले गरेको हो।

चौथौ स्थापना दिवस भर्चुुअल रुपमा मनाएको लुम्बिनी प्रदेशसभाले संघीयताको नयाँ सिकाइसहित चार वर्ष पूरा गरेको जनाएको छ।

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले न्यूनतम पूर्वाधारबाट सुरु गरेर प्रदेशको जग बसाल्न सफल भएको दाबी गरे।

संघीय संरचनाको पहिलो अभ्यास, अस्थायी राजधानी, अस्थायी संरचना, भौतिक पूूर्वाधार अभावसँग झेल्दै प्रदेशको स्थायी राजधानी र नामकरण घोषणा गर्ने अवस्थामा आइपुग्यौं’, प्रदेश स्थापना दिवसमा शुभकामना सन्देश दिँदै सभामुख घर्तीले शुक्रबार भनेका छन्, ‘बाँकी अवधि सशक्त, जनमुखी, संघीयता कार्यान्वयनका लागि पलहको वर्ष बन्नेछ।’

प्रकाशित : 5 February, 2022

प्रतिक्रिया दिनुहोस्