रियल मड्रिडलाई हराउँदै विल्वाओ सेमिफाइनलमा

काठमाडौं । माघ २१, रियल मड्रिडलाई कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
एलेक्स बेरेन्गुएसले एकमिनेट बाँकी रहँदा गोल गरेपछि रियललाई हराउँदै एथ्लेटिक विल्वाओ सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिहीबारराति भएको खेलमा एथ्लेटिक विल्वाओले रियललाई १.० ले हरायो । विल्वाओका लागि एलेक्स बेरेन्गुएरले ८९औं मिनेटमा निर्णायक गोल गरेका थिए ।