ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ २४, पर्साको जिराभवानीपुर गाउँपालिका–४ मा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक बालिकाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

हिजो साँझ करिब ६ बजे ना४त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका–४ की ३० वर्षीया विद्या देवी र उनकी चार वर्षीया छोरी अन्यालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो । विद्या देवीको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 7 February, 2022

प्रतिक्रिया दिनुहोस्