केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एट्लेटिकोलाई हराउँदै बार्सिलोना चौथो स्थानमा उक्लियो

सहयात्रा टिभी

काठमाडौं । माघ २४, १० खेलाडीमा सीमित बार्सिलोनाले साविक विजेता एट्लेटिको म्याड्रिडलाई ४–२ गोलले स्तब्ध बनाएको छ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जोडी आल्बा, गाभी, रोनाल्ड अरूजो र डानी आल्भेसले गोल गरे। एट्लेटिकोका यानिक कारास्को र लुईस स्वारेजले गोल गरेका थिए।

खेलमा सुरुवाती अग्रता एट्लेटिकोले लिएको थियो। खेलको आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। तर एट्लेटिकोको अग्रता दुई मिनेट पनि टिकेन। १०औं मिनेटमा जोर्डी आल्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२१औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए। ४३औं मिनेटमा रोनाल्ड अरूजोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३(१ को बलियो स्थितिमा पुर्‍याए। खेलको ४९औं मिनेटमा आल्भेसले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बनेको थियो। ५८औं मिनेटमा स्वारेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे। ६९औं मिनेटमा आल्भेस रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो। तर एट्लेटिकोले त्यसको फाइदा उठाउन सकेन।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ। पराजित एट्लेटिको ३६ अंक सहित पाँचौँ स्थानमा झरेको छ। तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ।

आइतबार रातिनै घरेलु मैदानमा भएको खेलमा बेटिस भिल्लरियलसँग २–० गोलले पराजित भएको छ। जितसँगै ३५ अंक बनाएको भिल्लारियल छैठौं स्थानमा उक्लिएको छ।

अर्को खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थिए। लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा आइतबार राति ग्रानाडामाथि १–० गोलको कठिन जित निकाल्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। रियलको जितमा मार्को असेन्सियोको निर्णायक गोल गरे।

प्रकाशित : 7 February, 2022

प्रतिक्रिया दिनुहोस्