केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबुरामले प्रचण्डलाई पाखण्डी भनेपछि

सहयात्रा टिभी

काठमाडौं । माघ २४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पाखण्डीको संज्ञा दिएका छन् ।

एमसीसीबारे प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै गम्भीर आरोप समेत लगाएका छन् । बाबुरामले गएराति ट्वीट गर्दै प्रचण्डलाई भित्र खाओवाद बाहिर माओवाद भनेका छन् ।

प्रचण्डले भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवादको चरित्र देखाइरहेको आरोप समेत लगाए । प्रचण्डको नाम उल्लेख नगरी उनले दुईजिब्रे भनेका छन् ।प्रचण्ड र बाबुराम माओवादी जनयुद्धका सहकर्मी हुन् । बाबुरामले कम्युनिस्ट सिद्धान्त छाडिसकेका छन् ।

प्रकाशित : 7 February, 2022

प्रतिक्रिया दिनुहोस्