लुकाकुको गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाडौं । माघ २७, चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ।
–
बुधबार यूएईको आबुधाबीमा भएको खेलमा अल हिलाललाई १–० गोल अन्तरले हराउँदै चेल्सीले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
बुधबार भएको खेलको पहिलो हाफमा चेल्सीको लागि रोमेलु लुकाकुले गोल गरेका थिए।उक्त गोल नै निर्णायक बन्न पुग्यो र चेल्सी विश्वकपको फाइनलमा पुग्न सफल भयो।
यससँगै अब फाइनलमा चेल्सीले ब्राजिलको पल्मेइराससँग खेल्नेछ। फाइनल खेल जितेको खण्डमा चेल्सीको लागि त्यो क्लब विश्वकपको पहिलो उपाधि हुनेछ।