तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड

सहयात्रा टिभी

काठमाडौं । माघ २८, तेश्रो संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ ।

नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो अवार्ड बिगत झै यो वर्ष पनि स्टार वान इन्टरटेनमेन्टले नै आयोजना गर्न लागेको हो ।

आयोजक पक्षले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अवार्डमा भाग लिन चाहनेहरुका लागि बिहिबारबाट फारम खुला गरिएको जनाएको छ । आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार कोरोनाको महामारीबाट प्रभावित संगीतकर्मी तथा फेसनकर्मीलाई प्रोत्साहित गर्न पनि यो अवार्डलाई निरन्तरता दिईएको हो ।

यो अवार्डमा सहभागी हुन चाहनेहरुले आगामी ५ चैतसम्म फारम भरिसक्नु पर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना नयाँ वर्षको अबसर पारेर आगामी बैशाखमा गरिने भएको छ ।

यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन २०२१ जनवरीबाट सन २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनु पर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । फेसनतर्फ पनि विभिन्न विधामा फारम खुला गरिएको छ ।

प्रकाशित : 11 February, 2022

प्रतिक्रिया दिनुहोस्