आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन
सहयात्रा टिभी
काठमाडौं । माघ २८, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई ४० प्रतिशत दिने भएपछि प्रतिशेयर मूल्य रु.८१९.२९ कायम गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड९नेप्से०ले जनाएको छ । यसअघि कम्पनीको प्रतिशेयर मूल्य रु.११०७ थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।