नेपाल र आयरल्यान्ड भिड्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २, नेपाल र टेस्टराष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३ ४५ मा सुरु हुनेछ ।

सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स युएई सँग २५ रनले पराजित भएको थियो । आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।

यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।

प्रकाशित : 14 February, 2022

प्रतिक्रिया दिनुहोस्