च्यासल युथ र ब्रिगेड ब्वाइज बराबरीमा

काठमाडौं । फाल्गुन ३,सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बच्ने भिडन्तका रूपमा लिइएको खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेलेका छन् ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासल र ब्रिगेड ब्वाइज दुवै जित्नका लागि भन्दा पनि नहार्नका लागि खेलेको जस्तो देखिएको थियो । दुवै टोलीले गोलका लागि राम्रो अवसर सिर्जना गर्न सकेनन् ।
बराबरीपछि ब्रिगेड ब्वाइजले ११ खेलबाट सात अंक जोडेको छ भने च्यासल युथले समान खेलबाट पाँच अंक जोडेको छ । च्यासल अंक तालिकाको पुछारमा छ । जावलाखेल १३औँ स्थानमा छ । योसँगै रेलिगेसनबाट जोगिने दुवै टोलीको सम्भावना कमजोर बनेको छ ।