‘दिपंकर’ भगवान् बुद्धको भवन उद्घाटन

काठमाडौं । फाल्गुन ४, बनेपामा रहेको शाक्य परिवारहरूको संस्था दिपंकर भगवान् बुद्धका २ वटा भवनको उद्घाटन गरिएको छ ।
बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले उक्त भवनको उद्घाटन गर्नु भएको थियो । नगर प्रमुख वादेले सबै धर्म र जातको परम्परा जोगाउनु नै अहिलेको मुख्य चुनौती रहेको बताउनु भयो ।
धर्म सबैले मान्छन तर धर्म र संस्कृति आ–आफ्नो भएकाले सबै धर्म समान रहेकाले समाजमा पनि सोही अनुसारको संस्कृति र परम्परा चलेको उहाँले बताउनु भयो । बनेपा नगरपालिका अहिले बृहत् भएको छ
साँगा, नाला, बास्डोल, नाला साबिक बनेपाका आ–आफ्नौ महत्त्व र मन्दिर रहेकाले सबैले आफ्नो परम्परा अनुसार मानेको नगर प्रमुख बादेले बताउनु भयो । साबिक बनेपामा ८ वटा गणेश मन्दिर, ८ वटा ढुङ्गे धारा, ८ वटा इनार, ८ वटा डबली र ८ वटा ढोका, ८ वटा पोखरी रहेकाले छुट्टै महत्त्व रहेको छ ।
नगरपालिकाले भौतिक विकास सँगै धर्म संस्कृतिको समेत जगेर्ना गर्दै अहिले पुरानै शैलीमा पुनः निर्माण गरिएको नगर प्रमुख बादेले बताउनु भयो । बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरू पुरा गरेको बताउनु भयो ।