नेपाल बन्दको प्रभाव मधेस प्रदेशमा न्यून

काठमाडौं । फाल्गुन ४,एमसिसीको विरोधमा आज आह्वान गरिएको नेपाल बन्दको प्रभाव मधेस प्रदेशमा न्यून देखिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले आह्वान गरेको बन्दको प्रभाव मधेस प्रदेशको राजधानी जनकपुरधामलगायतका क्षेत्रमा न्यून देखिएको हो ।
बजारक्षेत्रमा सवारी साधनहरू बिहानैदेखि निर्वाधरूपमा चलिरहेका छन् । बजार, पसल तथा शैक्षिक संस्थाहरू पनि खुल्ला रहेका छन् ।
माँ जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जनकपुरधाम भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरूको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको बताए ।