क्रिमियाबाट सेना फिर्ता बोलाउने रुसको घोषणा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, रुसले बुधबार युक्रेनको सीमा क्षेत्र क्रिमियाबाट सेना फिर्ता गर्ने घोषणा गरेको छ ।

समाचार संस्था एएफपीका अनुसार मस्काले त्यहाँ सैन्य अभ्यास सकिएको र सेनाहरु बेसमा फर्किएको समेत जनाइएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिण सैन्य जिल्लाका इकाइहरु अभ्यासपछि सैन्य अभ्यासमा सहभागिता जनाएपछि बेसमा फर्किएको जनाएको छ ।

त्यहाँको राज्य नियन्त्रित टेलिभिजनले सेनाहरु आफ्नो इलाकामा फर्कन रुसी नियन्त्रित प्रायद्धीपलाई जोड्ने पुल पार गरेको तस्बिरहरु पनि देखाएको छ ।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्