नेपाली भूमि प्रयोग गरेर दुबई जान हिँडेका भारतीय नागरिकलाई अध्यागमनले रोक्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ४, पछिल्लो समय नेपालको भूमि प्रयोग गरेर विदेशिने भारतीय नागरिकको संख्या बढेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान हिँडेका भारतीय नागरिक राजेश रामकृष्णलाई त्रिअबि अध्यागम कार्यालयले रोकेको छ। मंगलबार दुबई जान हिँडेका उनी शंकास्पद लागेपछि अध्यागमन अधिकारीहरुले रोकेका थिए।

स्रोतका अनुसार आर७३३२२१० पासपोर्ट नम्बर बोकेका उनले भारतीय दूतावासबाट एन‌ओसी लेटरसमेत लिएका थिएन्। भारतीय नागरिक नेपाली भूमि प्रयोग गरेर नेपाल प्रवेश गरी दुबई जान हिँडेका राजेश रामकृष्ण शंकास्पद लागेपछि हामीले रोक्यौं। उहाँसँग एनओसी लेटरसमेत थिएन, स्रोतले भन्यो।

यसअघि सिराज मधापत राजपुत नामका भारतीय नागरिकलाई अध्यागमन अधिकारीहरुले गत शुक्रबार रोकेका थिए। ४३६५८४९ नम्बरको भारतीय राहदानीमा दुबई जान हिँडेका उनको राहदानी नम्बर हराएको र चोरी ९स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्टस् डेटाबेस भएको इन्टरपोलको सूचीमा भेटिएपछि अध्यागमनका अधिकारीहरुले उनलाई प्रस्थान अनुमति दिन अस्विकार गरेका थिए।

प्रकाशित : 16 February, 2022

प्रतिक्रिया दिनुहोस्