लाग्यो चुनावःआजदेखि दल दर्ता गर्न पाइने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, निर्वाचन आयोगले आजदेखि फागुन १५ सम्म स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला गरेको छ।

 

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले सूचना प्रकाशन गरी भाग लिन चाहने दलका लागि दर्ता आह्वान गरेको हो।

आयोगका अनुसार हाल १०३ दल दर्ता कायम छ। यद्यपि चुनावका लागि दलहरुले छुट्टै दर्ता गर्नुपर्छ।

दर्ताका लागि केके चाहिन्छ
राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना निवेदनसाथ संलग्न हुनुपर्नेछ। पत्राचार ठेगाना, टेलिफोन, इमेल र वेबसाइट पनि उल्लेख हुनुपर्छ। केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत खुलाउनुपर्ने आयोगले जनाएको छ।

दलले आर्थिक वर्ष ०७७र७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने हुन्छ। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिको निर्णयको प्रतिलिपि, विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्नको नमुना आदि पनि आयोगमा पेस गर्नुपर्ने हुन्छ।

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्