पाँच वर्ष पछिको नेपाल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, केही अघि काठमाडौं निजगढ फास्ट ट्रयाक बनाइरहेका प्राविधिकहरुसँग मैले गरेको छलफल अनुसार २०८१ साल पुस सम्ममा टनेलहरु बनाइ सकिनेछ।

एघार प्याकेजमा गरी ठेक्का लगाएर भए पनि बेलामा सक्ने उनीहरुले मलाई विश्वास दिलाए। केही ढिलो होला, तर यो कामान सरकारले आर्थिक समस्या पर्दैन भनेर विश्वास दिलाएकोले केही वर्षमै सम्पन्न हुने दिशामा छ।

सडक विभाग नारायणगढ(पथलैया ६ लेनदेखि चारलेन चौडा सडक बनाउन तयारी गर्दैछ। त्यस्तै तयारी इनरुवादेखि काकडभिट्टा खण्डको चौडाइ गर्न पनि छ।

एकसय किलोमिटर प्रतिघण्टाको दरले मोटर गुडाउन मिल्नेगरी सडक बनाउन उनीहरुलाई म सल्लाह दिन्छु। यस्तै, पूर्वपश्चिम राजमार्गको कमला( कन्चनपुर सप्तरी खण्डमा सडक चौडापार्ने काम सुरु भएको छ।

बुटवल नारायणघाट खण्डमा मैले केही अघि गरेको अनुगमनको क्रममा त्यहाँको सडक विस्तार अर्को साढे दुई वर्षमा सक्ने विश्वास ठेकेदारले दिलाएको थियो। यस्तै काठमाडौं देखि पोखरा खण्ड पनि चार लेनको रुपमा विकसित हुँदैछ।

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्