केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारत ६ विकेटले विजयी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, सुर्यकुमार यादवले १८ बलमा अविजित ३४ रन बनाएपछि भारतले बुधबार राति वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गरेको छ ।

पाँच चौका र एक छक्का प्रहार गरेका यादवले बेनकटेश ऐरसँग २६ बलमा ४८ रनको अविजित साझेदारी गरेपछि भारतले सात बलअघि लक्ष्य पूरा गरेको हो । भारत ९५–३ को अवस्थामा हुँदा यादव ब्याटिङमा आएका थिए । ऐरले अविजित २४ रन बनाए ।

निकोलस पूरनले ४३ बलमा ६१ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य भारतले साल बल बाँकी हुदै चार विकेट विकेट गुमाएर पूरा गरेको हो ।

१५८ रनको लक्ष्य पूरा गर्नेक्रममा कप्तान रोहित शर्माले १९ बलमा चार चौका र तीन छक्कासहित ४० रन बनाए । उनले इशान किशनसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे । किशनले ३५ रन बनाए । विराट कोहलीले १७ रन जोड्दा रिशभ पन्त ८ रन बनाएर पवेलियन फर्किए ।

वेष्ट इन्डिजका रोष्टन चेजले दुई विकेट लिँदा शेल्डन काट्रेल र फाबियन एलेनले एक एक विकेट लिए ।

त्यसअघि वेष्ट इन्डिजका लागि पूरनले ४ चौका र ५ छक्कासहित ६१ रन बनाए । काइल मायर्सले ३१ र किरन पोलार्डले २४ रन जोडे । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका रवि विश्नोइ र हर्शल पटेलले समान दुई विकेट लिए । भुवनेश्वर कुमार, दीपक चाहर र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

भारत भ्रमणमा रहेको वेष्ट इन्डिजले दोस्रो खेल शुक्रबार कोलकातामै खेल्नेछ ।

 

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्