दाङको तुलसीपुरमा सुरु भयो ई–पासपोर्ट सेवा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु भएको छ ।

इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।

दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो । यसअघि ई–पासपोर्टका लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिनेछ । साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु भएको हो ।

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्