कोरोनाबाट ६ जनाको मृत्यु, ५७० मा संक्रमण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नौ हजार ७८९ स्वाब परीक्षण गर्दा ५७० जनामा कोरोना पुष्टि भएको हो।

आज सात हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जनामा र दुई हजार ७६१ जनाको एन्टिजन परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ।

कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन्। बुधबार तीन जनाको ज्यान गएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउने संख्या ११ हजार ९११ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना निको भएका छन्। निको हुनेको संख्या पनि नौ लाख ४६ हजार ३३० पुगेको छ। अझै १६ हजार ६१६ सक्रिय संक्रमित छन्।

प्रकाशित : 17 February, 2022

प्रतिक्रिया दिनुहोस्