प्रधानमन्त्री देउवा बिहानै चाक्सीबारीमा
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ६,प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्।
आज प्रकाशमान पुत्र भास्करमानको विवाह हो। वैवाहिक समारोहमा सहभागी हुन कांग्रेस सभापतिसमेत रहेका देउवा शुक्रबार बिहान चाक्सीबारी पुगेका हुन्।
भास्करले आकृति राणासँग विवाह गर्ने भएका हुन्। विवाह हायात होटलमा हुने बताइएको छ। उनीहरू दुवै अस्ट्रेलियमा पढेर आएको आफन्तले बताएका छन्।


